एक हजार गर्लफ्रेण्ड भएका व्यक्तिलाई यौन अपराधको अभियोग, एक हजार ७५ वर्ष जेल सजाय


२८ पुष २०७७, मंगलवार
13608eeba396fe1caadcfbcf3bb14836 w1000 h500 cp

काठमाडौं, २८ पुस । टर्कीका एक टेलिभिजनकर्मीलाई त्यहाँको अदालतले एक हजार ७५ वर्ष जेल सजाय सुनाएको छ ।

६४ वर्षीय आदनन अक्तरलाई यौन अपराध अभियोगमा यति धेरै कैद सजाय हुने फैसला सुनाइएको हो । उनीमाथि बलात्कार, यौन हिंसा, नाबालकको यौन शोषणलगायतका अभियोगमा दोषी ठहर गरिएको हो । अदालतले अक्तरसँगै अरू दुई जनालाई २११ र १८६ वर्ष जेल सजाय सुनाएको छ ।

सञ्चारमाध्यमहरूका अनुसार अक्तर यौन अपराधसँगै सन् २०१६ मा कूको प्रयास गरेको मुस्लिम समूह फेतुल्लाह गुलेन सँगको साँठगाँठमा पनि दोषी पाइएका छन् ।

सुनुवाइका क्रममा अक्तरले आफ्ना झण्डै एक हजार जना गर्लफ्रेण्ड भएको बताएका थिए । ‘मेरो मनमा महिलाप्रति मायाको सागर छ । प्रेम मान्छेको गुण हो । यो एउटा मुस्लिमको गुण हो,’ उनले एउटा सुनुवाइमा भनेका थिए । अक्तर आफ्नो टेलिभिजन स्टुडियोमा महिलाले घेरिएर बसेका हुन्थे ।

सन् २०१८ मा इस्तानबुल प्रहरीले छापा हानेर उनीसहित अरू दुई सय जनालाई पक्राउ गरेको थियो । उनले सन् २०११ मा अनलाइन टेलिभिजनको स्थापना गरेका थिए । बलात्कार अभियोग लागेपछि सरकारले उनको सम्पत्ति पनि जफत गरेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७