ओलम्पिक कमिटीका अध्यक्षलाई पितृशोक


२८ पुष २०७७, मंगलवार
jeewanram shrestha father

काठमाडौं, २८ पुस । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलाई पितृशोक परेको छ । निवर्तमान सांसद श्रेष्ठका पिता ९३ वर्षीय पिता कृष्णरामको काठमाडौं –१५ स्वयम्भू धिमेहोलस्थित आफ्नै निवासमा निधन भएको हो ।

उनी मुटु र मिर्गौलासम्बन्धी रोगबाट पीडित थिए । उनका दुई छोरा र एक छोरी छन् ।
उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७