सिकाइ निरन्तरता अभियान शुरु


२८ पुष २०७७, मंगलवार
sahir lamichhane online class

काठमाडौं, २८ पुस । नेपाल शिक्षक महासङ्घ, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घलगायत संस्थाको सहकार्यमा कोभिड–१९ पछिको विषम स्थितिलाई ध्यान दिई सिकाइ निरन्तरता अभियान शुरु भएको छ ।

संयुक्त राष्ट्रसङ्घीय बाल विकास कोष (युनिसेफ) र शिक्षा तथा मानव स्रोत विकास केन्द्रको समन्वयमा गरिएको कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीले भर्चुअलरुपमा सो अभियान शुभारम्भ गरे ।

सचिव मैनालीले नेपालको संविधानको मौलिक हकमा विद्यालय शिक्षालाई निःशुल्क र अनिवार्य गरिएको सन्दर्भमा यस अभियानले विद्यार्थीको हक अधिकारको सुनिश्चितताका लागि योगदान दिने विश्वास व्यक्त गरे ।

नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापाले शिक्षक साँझ बिहान वा बिदाको समयमा पनि जुनसुकै माध्यमबाट विद्यार्थीको कोर्स पूरा गर्ने अभियानमा खट्न तत्पर रहेको बताए । विद्यालय व्यवस्थापन समिति महासङ्घका अध्यक्ष कृष्ण थापाले सिकाइ निरन्तरतामा अभिभावकको भूमिका महत्वपूर्ण भएकाले आफूहरु अग्रमोर्चामा रहेको उल्लेख गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७