आफ्नै छात्रालाई अश्लील म्यासेज पठाउने आरआर क्याम्पसका प्राध्यापक पक्राउ


२८ पुष २०७७, मंगलवार
pakrau
फाइल फोटो

काठमाडौं, २८ पुस । आफैले पढाउने छात्रालाई सामाजिक सञ्जालमार्फत यौन दुर्व्यवहार गरेको आरोपमा रत्न राज्य (आरआर) क्याम्पसका एक प्राध्यापक पक्राउ परेका छन् ।

सोही क्याम्पसमा अध्ययनरत एक छात्रालाई म्यासेन्जरमा अश्लील म्यासेज पठाएको आरोपमा ४५ वर्षीय प्राध्यापक विष्णुप्रसाद आचार्यलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।
प्राध्यापक आचार्यलाई पक्राउ गरिएको र अभद्र व्यवहारमा म्याद थप गरेर अनुसन्धान शुरु गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता डीएसपी प्रमेश बिष्टले जानकारी दिए ।

म्यासेन्जरमा अश्लील शब्द पठाएको भन्दै ती छात्राले उनीविरुद्ध आइतबार परिसरमा जाहेरी दिएकी थिइन् । प्राध्यापक आचार्यलाई क्याम्पस बाहिरबाट प्रहरीले पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७