ओलीको निरंकुशता अब लामो समय टिक्दैन : प्रवक्ता श्रेष्ठ


२८ पुष २०७७, मंगलवार
narayankaji shresth

पोखरा, २८ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको तानाशाही प्रवृत्ति अब धेरै समय नटिक्ने बताएका छन् ।

आज (मंगलबार) पोखरामा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रवक्ता श्रेष्ठले प्रधानमन्त्रीको तानाशाही र निरंकुश प्रवृत्ति लामो समयसम्म नचल्ने बताउँदै ओली प्रवृत्तिलाई आफूहरुले परास्त गरेरै छाड्ने बताए ।

उनले देशलाई अग्रगमनमा लैजान, समाजवादी क्रान्तिका कार्यभार पूरा गर्न तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएको बताउँदै त्सलाई ओलीले पद प्राप्त गर्ने माध्यम मात्र बनाएको आरोप लगाए । ‘के पार्टी एकता एक जना व्यक्तिलाई प्रधानमन्त्री बनाई राख्नका लागि मात्रै हो, प्रधानमन्त्री ओली र उनको समूहले यसको जवाफ दिनुपर्छ’, उनले भने ।

प्रवक्ता श्रेष्ठले पार्टीको स्थायी समिति बैठक चलिरहेका बेला प्रधानमन्त्री ओलीले बैठकबाट भागेर असंवैधानिक काम गर्न पुगेको बताएका छन् । उनले पार्टीमा ओलीलाई प्रधानमन्त्रीबाट हटाउने कुनै छलफल नहुँदै ओलीले पदबाट हटाउँछन् कि भन्ने डरका प्रतिनिधि सभा विघटन गर्न पुगेको बताएका छन् ।

प्रवक्ता श्रेष्ठले पार्टी विभाजन भएसँगै प्रधानमन्त्री ओली समूहले देशभर प्रधानमन्त्री आोलीले निर्वाचन आयोग र सर्वोच्च अदालतमा सेटिङ मिलाएको र प्रतिनिधि सभा पुनर्स्थापना पनि नहुने, सूर्य चिन्ह र आधिकारि पार्टी आफ्नो हुने हल्ला चलाइरहेको समेत बताए । ‘ओली समूहले केपी बाले निर्वाचन आयोग र अदालतसँग सेटिङ मिलाउनु भएको छ, त्यसकारण प्रतिनिधि सभा पनि पुनस्र्थापना हुँदैन, सूर्य चिन्ह र आधिकारिक पार्टी हाम्रो हुन्छ भन्ने हल्ला फैलाइरहेका छन् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७