केपी भन्दा माधव नेपाल हजार गुणा बढी इमान्दार र क्रान्तिकारी : प्रचण्ड


प्रकाशित मिति : January 12, 2021

पोखरा, २८ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माधवकुमार नेपाल प्रधानमन्त्री केपी शर्मा ओलीभन्दा हजार गुणा बढी क्रान्तिकारी र इमान्दार भएको बताएका छन् ।

मंगलबार पोखरामा आयोजित प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेता नेपाल हरेक कोणबाट ओलीभन्दा अगाडि रहेको बताएका हुन् ।

‘मैले माधव कमरेडलाई पञ्चायतविराधी आन्दोलनबाटै चिनेको हुँ, केपी ओलीभन्दा माधव नेपाल हजार गुणा इमान्दार, हजार गुणा पारदर्शी, हजार गुणा सुशासन पक्षधर र हजार गुणा बढी क्रान्तिकारीको हुनुहुन्छ,’ उनले भने, ‘गणतन्त्रबारे ओलीको धारणा सबैले बुझेकै छन्, केपी ओलीको उद्देश्य इमान्दारिताको रहिनछ ।’

अर्को प्रसंगमा उनले तत्कालीन माओवादी र एमाले एकीकरणका क्रममा वामदेव गौतमको महत्वपूर्ण भूमिका रहेको र आफूले प्रस्ताव लिएर गएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्