पल्सर स्पोर्ट्स अवार्ड : ‘वर्षको उत्कृष्ट प्रशिक्षक’ मा तेक्वान्दोका नविन श्रेष्ठ


२८ पुष २०७७, मंगलवार
e25e70a7492c9254bb3a31822bef1a48 w1000 h500 cp

काठमाडौं, २८ पुस । तेक्वान्दोका मुख्य प्रशिक्षक नविन श्रेष्ठ वर्षको उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार आयोजना गरेको पल्सर स्पोर्ट्स अवार्डमा श्रेष्ठले वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड आफ्नो पोल्टामा पारेका हुन् । मनोनयनमा परेका अन्य ४ प्रशिक्षकलाई पछि पार्दै उनी उत्कृष्ट प्रशिक्षक बन्न सफल भएका छन् ।

श्रेष्ठसँगै उसुका अमर कुमार थिङ, करातेका मदन उप्रेती, बक्सिङका प्रकाश थापा मगर र पौडीका शंकर कार्की वर्ष उत्कृष्ट प्रशिक्षकको मनोनयनमा परेका थिए । श्रेष्ठले १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा नेपाललाई सर्वाधिक १३ स्वर्ण दिलाएका थिए ।

तेक्वान्दोबाट साग खेलेका सबै २९ खेलाडीलाई पदक दिलाउन उनले महत्वपुर्ण भुमिका खेलेका थिए । सागमा नेपालकातर्फबाट तेक्वान्दोले १२ स्वर्ण, ६ रजत र ११ कास्य पलक जितेको थियो । उनी चाइना इन्टरनेशनल तेक्वान्दो च्याम्पियनसिपमा नेपाली टोलीका मुख्य प्रशिक्षक समेत रहेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७