पल्सर स्पोर्टस अवार्ड : गल्फर सुवास बने उत्कृष्ट युवा खेलाडी


२८ पुष २०७७, मंगलवार
13th sag Gold medalist subash tamang 1

काठमाडौं, २८ पुस । गल्फर सुवास तामाङ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७६ मा उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् । १३ औं दक्षिण एसियाली खेलकुद सागमा २ स्वर्ण जितेका सुवासले वर्ष खेलाडी युवा विधाको अवार्ड जितेका हुन् ।

उनले अवार्ड जित्ने क्रममा तेक्वान्दोका भुपेन श्रेष्ठ र सिना लिम्बु मादेन जुडोकी पुनम श्रेष्ठ र भारोत्तोलनकी सन्जु चौधरीलाई पछि पार्दै अवार्ड जितेका हुन् । सुवासले १३ औं सागमा व्यक्तिगत र समूहमा गरी दुई स्वर्ण जितेका थिए । सुवासले नेपाललाई सागमा ऐतिहासिक स्वर्ण दिलाएका हुन् ।

यस्तै आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको टिम स्पर्धामा सुवासले बर्मीको टिमबा६ खेल्दै टिम स्पर्धामा रजत जितेका थिए । १७ वर्षीय सुवासले २०७६ को फाल्डो सिरिज छनोटको उपाधि समेत जितेका थिए । यस्तै उनले सूर्य नेपाल प्रिमियर लिगको समग्रमा उपाधि पनि जितेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७