मन्देकाजी र गौरिका वर्षको उत्कृष्ट खेलाडी


२८ पुष २०७७, मंगलवार
mondya kaji shresth gaurika sing

काठमाडौं, २८ पुस । पौडीकी गौरिका सिंह र करातेका मन्देकाजी श्रेष्ठले ‘एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड’२०७६ कोवर्षको उत्कृष्ट खेलाडीको अवार्ड जितेका छन्।

गौरिका र मन्देकाजीले २०७६ सालमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शन र प्राप्त उपलब्धिका आधारमा मनोनयनमा परेका प्रतिस्पर्धालाई पछि पारेका हुन्।

मन्देकाजीले सुवास तामाङ (गल्फ)(, कमल श्रेष्ठ (तेक्वान्दो), गोपीचन्द्र पार्की (एथलेटिक्स) र विकेश कुथु (फुटबल) लाई पछि पारेर अवार्ड जितेका हुन्। सबै खेलाडीले गत वर्ष नेपालमा भएको १३औं सागमा स्वर्ण जितेका थिए।

मन्देकाजी श्रेष्ठ

गत वर्ष मंसिरमा नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद सागमा मन्देकाजीले दुई स्वर्ण जितेका थिए । उनले सागमा एकल काता र टिम कातामा स्वर्ण जितेका हुन् ।

यस्तै आठौं राष्ट्रिय खेलकुदमा एकल कातामा स्वर्ण र टिम कातामा रजत जितेका थिए । बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा टिम कातामा स्वर्ण र एकल कातामा कास्य पदक जितेका थिए । यस्तै नवौं थाइल्याण्ड ओपन च्याम्पियनसिपमा सिनियर कातामा रजत पदक जितेका थिए ।


गौरिकाले अनु अधिकारी (कराते), आयशा शाक्य (तेक्वान्दो), सन्तोषी श्रेष्ठ (एथलेटिक्स) र सोनी गुरुङ (ट्रायथलन) लाई पछि पारिन्। सबैले सागमा स्वर्ण जितेका थिए।

गौरिकाले सागमा व्यक्तिगत स्वर्ण जित्नुका साथै १३औं सागमा ४ स्वर्ण २ रजत र ३ कास्य पदक जितेकी थिइन् ।उनले सागमा नेपालको लागि सर्वाधिक ४ स्वर्ण जित्ने तेक्वान्दव खेलाडी दीपक विष्टको कीर्तिमान बराबरी गरेकी थिइन् भने एकै संस्करणमा चार स्वर्ण जित्ने पहिलो खेलाडी बनेकी थिइन् । यस्तै आठौं राष्ट्रिय खेलकुदमा उनले सहभागि सबै १२ वटै स्पर्धामा स्वर्ण जितेकी थिइन् ।

गौरिका सिंह

वर्ष २०७६ जलपरी गौरीकाका लागि स्वर्णमय रह्यो ।
१३औं सागमा चार स्वर्णको कीर्तिमान सहित दुई रजत र तीन कास्य जित्न सफल
सागमा सर्बाधिक स्वर्ण जित्ने तेक्वान्दोका दीपक विष्टको कीर्तिमानमा बराबर
आठौं राष्ट्रिय खेलकुदमा सहभागी सबै स्पर्धा अर्थात १२ स्वर्ण जित्न सफल

वर्षका पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गरे। अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित केल्मी, डिसहोमबाट आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरेका छन्।

कसले कुन अवार्ड जिते ?

उत्कृष्ट खेलाडी (महिला) : गौरिक सिंह (पौडी)
उत्कृष्ट खेलाडी (पुरुष) : मन्देकाजी श्रेष्ठ (कराते)
पिपल्स च्वाइज :अरुणा शाही (भलिबल)
उत्कृष्ट प्रशिक्षक : नवीन श्रेष्ठ (तेक्वान्दो)
उत्कृष्ट युवा खेलाडी : सुवास तामाङ (गल्फ)
पारा एथ्लेट ‍: दिगमसिंह चेम्जोङ (पारा क्रिकेट टोलीका कप्तान)
स्पेशल अवार्ड : आयशा शाक्य (तेक्वान्दो), सन्तोषी श्रेष्ठ (एथ्लेटिक्स)
टिम अफ दि इयर : महिला भलिबल
लाइफटाइम अचिभमेन्ट : सिजरन शाह र गीता क्षेत्री (टेबलटेनिस)

पल्सर स्पोर्टस अवार्ड : गल्फर सुवास बने उत्कृष्ट युवा खेलाडी

पल्सर स्पोर्ट्स अवार्ड : ‘वर्षको उत्कृष्ट प्रशिक्षक’ मा तेक्वान्दोका नविन श्रेष्ठ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७