क्यापिटल हिंसा अघिको आफ्नो भाषण उपयुक्त रहेको ट्रम्पको दावी


२९ पुष २०७७, बुधबार
donald trump 1

काठमाडौं, २९ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको हप्ता अमेरिकी सदनमा भएको हिंसा अघि आफूले गरेको सम्बोधन उपयुक्त भएको दावी गरेका छन् ।

पाँच जनाको ज्यान गएको र कम्तीमा ६० जना प्रहरीसहित अरु धेरै मानिस घाइते भएको क्यापिटल भवनको हिंसापछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखा परेका राष्ट्रपति ट्रम्पले आफ्नो भनाइ गलत नभएको दाबी गरेका बीबीसीले जनाएको छ । हिंसा अघि जनवरी ६ मा वासिङ्टनमा भएको कार्यक्रममा राष्ट्रपति ट्रम्पले संसदतर्फ मार्च गर्न समर्थकहरुलाई आग्रह गरेका थिए ।

ट्रम्पको त्यही भाषणको कारण हिंसा भड्किएको भन्दै डेमोक्र्याट्सहरुले औपचारिक रुपमा महाअभियोग लगाउन सुरु गरिसकेपछि आफ्नो भनाइ सार्वजनिक गरेका ट्रम्पले महाअभियोग लगाउन गरेको प्रयासलाई हाँस्यास्पद भनेका छन् ।

यही जनवरी २० तारिखमा जो बाइडेनले राष्ट्रपति पदको सपथ लिएपछि ट्रम्पले ह्वाइ टहाउस छाड्दै छन् । तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा आज ट्रम्पमाथि महाभियोग लगाउने प्रस्तावमा मतदान हुन सक्ने खबरमा उल्लेख छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७