कोरोनाका कारण जापानमा आपतकाल घोषणा


२९ पुष २०७७, बुधबार
japann

काठमाडौं, २९ पुस । कोरोना महामारी बढ्दै गएपछि जापानका अन्य सहरहरुमा पनि आपतकालीन अवस्थाको घोषणा गर्ने तयारी गरिएको छ । प्रधानमन्त्ती योशिहिडे सुगाले राजधानी टोकियो क्षेत्रमा लगाइएको आपतकालीन अवस्थालाई अन्य सहरमा पनि विस्तार गर्ने तयारी भएको त्यहाँको सरकारले जनाएको छ ।

प्रधानमन्त्री सुगाले टोकियोलगायत आसपासका क्षेत्रमा कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै आपतकालीन अवस्था लम्ब्याउन लागेको बताएका हुन् । आपतकालीन अवस्थाको घोषणासँगै प्रभावित क्षेत्रमा सर्वसाधारणको आवागमनमा कडाइ गरिएको छ भने पसल तथा रेष्टुराँहरु खोल्नका लागि निश्चित समय तोकिएको छ ।

जनवरी सुरु भएपछि जापानमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि सरकारले विभिन्न सहरमा आपतकालीन अवस्थाको घोषणा गर्न थालेको हो । जापानमा यसअघि गत अप्रिलमा पनि आपतकालीन अवस्थाको घोषणा गरिएको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७