युट्युबद्वारा राष्ट्रपति ट्रम्पको खाता निलम्बन


२९ पुष २०७७, बुधबार
donald trump 1

वासिङ्टन, २९ पुस । गूगलको स्वामित्वमा रहेको युट्युबले राष्ट्रपति डोनाल्ड ट्रम्पको च्यानललाई एक साताका लागि निलम्बन गरिदिएको जनाएको छ ।

साथै आफ्नो नीति विपरीत हिंसा भड्काउने किसिमको उत्तेजक सामग्री पोस्ट गरेको जनाउँदै युट्युबले ती सामग्री पनि हटाई दिएको छ । गत साता अमेरिकी संसद क्यापिटोलमा भएको ट्रम्प समर्थकको आक्रमणपछि ट्वीटर र फेसबुकले ट्रम्पका निजी खाता (अकाउन्ट) बन्द गरिदिएका छन् ।

अमेरिकी ठूला प्रविधि कम्पनीहरुले राष्ट्रपति निर्वाचित जो बाइडेन विरुद्ध राष्ट्रपति ट्रम्पले चुनावमा धाँधली गरेको भन्दै आधारहीन आरोप लगाएको भन्दै विरोध पनि गरेका छन् ।

युट्युबले एक वक्तव्य जारी गर्दै भनेको छ, ‘हिंसा भड्किने सम्भावना अझै देखिएको सन्दर्भमा हामीले डोनाल्ड ट्रम्पको युट्युब च्यानलमा पोस्ट गरिएका सामग्री हटाइएको छ ।’

ट्वीटरले ट्रम्पका कट्टर समर्थक मानिएको क्यूएनोन समूहसँग आबद्ध ७० हजारभन्दा बढी खाता पनि बन्द गरिदिएको छ । साथै स्नापच्याट र ट्वीचले पनि ट्रम्पका सामग्री पोस्ट गर्नबाट निलम्बन गरिदिएका छन् । राष्ट्रपति ट्रम्पको युट्युब च्यानलमा २७ लाख ७० हजार ग्राहक, समर्थक रहेका छन् । एएफपी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७