घरमै आएर १७ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार, एक जना पक्राउ


२९ पुष २०७७, बुधबार
Rape for nayapage

बैतडी, २९ पुस । बैतडीमा एक १७ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार भएको छ । बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन् । पञ्चेश्वर गाउँपालिकाकी ती किशोरीलाई बलात्कार गरेको आरोपमा स्थानीय २३ वर्षीय प्रविन चन्द पक्राउ परेका हुन् ।

घटनामा संलग्न अर्का एक जना फरार रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

गत पुस १५ गते घरमै बसिरहेकी ती किशोरीलाई २ जना युवाले सामुहिक बलात्कार गरेर फरार थिए । पीडित परिवारले प्रहरीमा उजूरी दिएपछि चन्द मंगलबार साँझ पक्राउ परेका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७