ओली कमरेड हैनन्, प्रतिगमनकारी हुन् : अष्टलक्ष्मी शाक्य


प्रकाशित मिति : January 13, 2021

काठमाडौं, २९ पुुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले केपी ओली कमरेड नभएर प्रतिगमनकारी र तानाशाही भएको बताएकी छन् ।

बुधबार दाहाल–नेपाल नेतृत्वको काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलामा शाक्यले प्रधानमन्त्री ओली ओलीमा कम्युनिस्ट मूल्यमान्यता, आदर्श नरहेको दाबी गरिन् ।

शाक्यले भनिन्, ‘अब केपी ओली कमरेड हैन, कमरेड भन्न छोडिसकेको छु । उहाँ प्रतिगमनकारी हो । तानाशाही हो, स्वेच्छाचारी हो । उहाँले गणतन्त्रलाई धावा बोल्यो । हामीले दुख गरेर ल्याएको संविधानमा धावा बोले । संघीय लोकतान्त्रिक गणतन्त्रमाथि अपहरण भएको छ । आज हामीले त्यस्तो व्यक्तिलाई किन कमरेड भन्ने ?’

नेतृ शाक्यले काठमाडौँ तातेपछि हरेक आन्दोलन सफल भएको दावी गर्दै ओलीको कदम बिरुद्ध अब काठमाडौं तातिने बताइन् । उनले भनिन्, ‘सडकका फेरि पनि धक्का दिनैपर्ने अवस्था आएको छ । काठमाडौंबासी लोकतन्त्र र गणतन्त्र प्रेमी हुनुहुन्छ । काठमाडौंबासीले तानाशाही र राजतन्त्र मन पराउनु हुँदैन । प्रतिगमन नसचिएसम्म अब काठमडौंबासी सेलाएर बस्नुहुने छैन ।’

प्रतिक्रिया दिनुहोस्