सबैबाट एक्लिएका ओली डम्बरू बजाएर केन्द्रिय सदस्य बाँडिरहेका छन् : अध्यक्ष नेपाल


२९ पुष २०७७, बुधबार
Madhav

काठमाडौं, २९ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले केपी ओली नेतृत्वको नेकपालाई सडकछापको संज्ञा दिएका छन् । गत असारबाट शुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीले पार्टीका केन्द्रीय सदस्यहरूलाई सोही दर्जा दिएका थिए ।

काठमाडौंको पार्टी जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भने, ‘ओलीले केन्द्रीय कमिटीमा सदस्य बनाउन डमरु बजाउनु भएको छ । सदस्यलाई बढाएर १५ सय पु¥याउनु भएको छ । सुन्दैछु २५०० पुर्‍याउँदै हुनुहुन्छ । त्यतिले पनि पुगेन भने ५००० पुर्‍याउने होला । उहाँको सडकछाप पार्टीमा को–को छन् हेर्दै जानुहोला । त्यहाँबाट केही फर्किंदै हुनुहुन्छ । त्यो पार्टी पौवा होइन सडकको धुलोमा पुग्नेछ ।’

उनले आफ्नै बानीका कारण केपी ओली एक्लिएको पनि जिकिर गरे । ‘तानाशाहीहरू निरीह हुन्छन् । हेर्नुहोला उहालाई एकदिन निरीह भएको पाउनु हुनेछ’, उनले भने, ‘ओली गुट गलत बाटोमा छ । ओली गुटले फैलाएको भ्रम चिर्नुपर्छ ।’ उनले ओली झुटको पुलिन्दा पस्कन माहिर भएको पनि बताए । उनले ओलीलाई खेलाडीको दर्जा पनि दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७