संसद पुनःस्थापना विना चुनाव भएमा रक्तपात हुन्छ : सुजाता कोइराला {भिडियाे}


२९ पुष २०७७, बुधबार
sujata koirala

काठमाडौं, २९ पुस । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले संसद पुनःस्थापना विना चुनाव भएमा रक्तपात हुने बताएकी छिन् । रिपोर्टर्स क्लब नेपालमा बोल्दै उनले देशमा रक्तपात हुनबाट जोगाउन संसद पुनःस्थापनाको विकल्प नभएको बताएकी हुन ।

असंवैधानिक तरिकाले संसद बिघटन गरिएको अवस्थामा आफ्नै पार्टीका सभापति देउवाले रक्तपात हुनसक्ने चुनावको कुरा गर्नुले आशंका उत्पन्न भएको समेत उन्ले बताइन । संसद विना देश अगाडि बढ्न खोजे अर्को दुर्घटना हुन भन्दै उनले संविधानलाई ट्रयाकमा ल्याउन जरुरी रहेको धारणा राख्नुभयो । संसदको बिघटन राजनीतिक निर्णय भएकाले सडक आन्दोलनबाट भएपनि पुनःस्थापना गर्ने उनको भनाई छ ।
ओली सरकार कामचलाऊ भएकाले भारतसँग गम्भीर र संवेदनशील विषयमा कुनैपनि सम्झौता गर्न नसक्ने उनले बताइन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७