डिभिजन टू नेपाल च्याम्पियन बन्न चुक्यो


३ फाल्गुन २०७४, बिहीबार
criket nepal1

काठमाडौ: नेपाल आइसिसि विश्व क्रिकेट लिग डिभिजन २ को फाइनलमा युएईसँग ७ रनले पराजित भएको छ।

युएईले दिएको २७८ रनको लक्ष्य पछ्याएको नेपालले पुरै ५० ओभर खेल्दै २७० रन मात्र बनाउन सक्यो। नेपालका लागि कप्तान पारस खड्काले ११२ रन बनाए पनि त्यो जितका लागि पर्याप्त रहेन। खड्काले १०३ बलमा ८ छक्का र ३ चौकासहित ११२ रन बनाए।criket nepal1

पारसको यो तेस्रो अन्तर्राष्ट्रिय शतक हो भने ए लिस्टको खेलमा सबैभन्दा बढी रन हो। यसअघि उनले नामिबिया विरुद्ध १ सय ३ रन प्रहार गरेका थिए। बलिङतर्फ यूएईका अमिर हायतले ४ विकेट लिन सफल भए।

यसअघि नेपालका ओपनरद्वय ज्ञानेन्द्र मल्ल २४ तथा दिलीप नाथ १३ रन बनाएर आउट भए। ज्ञानेन्द्रले आउट हुनुअघि २५ बल खेलेर १ चौका प्रहार गरे। दिलीपले २९ बल खेलेर २ चौका हिर्काए। यस्तै दीपेन्द्रसिंह ऐरी ३५ रन बनाएर आउट भए। इमरान हैदरबाट बोल्ड हुनुअघि उनले ६६ बल खेल्दा २ छक्का प्रहार गरे।

शरद भेषावकरले ३५ रनको योगदान दिए। उनीले ३७ बल खेल्दा ३ चौका प्रहार गरे। आरिफ शेख ७ रनमा आउट भए । रोहितकुमार पौडेलले २३ रन जोडेपछि नेपालको आसा बढेको थियो। उनले १७ बलमा ३ चौका प्रहार गरे। लगत्तै करण केसी २ र सोमपाल कामी ६ रनमा आउट भए। त्यसअघि नामिबियाको वन्डरर्स मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा २ सय ७७ रन जोड्यो।

निर्धारित ५० ओभरको खेलमा युएईले ४ विकेट गुमाएर २७७ रन बनाएको हो। उसका लागि अस्फाक अहमदले सतकीय पारी खेले। १२३ बलमा उनले १० चौका र ३ छक्कासहित ११४ रन बनाए। यस्तै अर्का ओपनर रोहन मुस्ताफाले ५१ रन जोडे। साइमन अनवारले ४० रन बनाउँदा रामेज साहजादले ४० रन बनाए।

नामिबियाको विन्डहक स्थित वन्डरर्स क्रिकेट मैदानमा टस जितेको युएईले राम्रो सुरुवात गरेको थियो। पहिलो विकेटको लागि १ सय ९ रनको साझेदारी गरेको युएईका ओपनर तथा कप्तान रोहान मुस्ताफालाई ५१ रनमा आउट भएपछि नेपालले पहिलो विकेट हात पारेको थियो। नेपालका लागि बसन्त रेग्मीले पहिलो सफलता दिलाएका थिए। मुस्ताफाले ७४ बल खेल्दा ७ चौका प्रहार गरे।

त्यसपछि दोस्रो विकेटका लागि अस्फाक र घुलाम साबेरले अर्को बलियो साझेदारी गर्दै टिमको स्कोर १५० रन कटाए। तर युएईको स्कोर १६३ रन हुँदा नेपालले दोस्रो विकेट लियो। उसका घुलाम सब्बेर १८ रनमा रनआउट भए । करन केसीको बलमा लामिछानेले थ्रो गर्दै उनलाई रनआउट गराएका थिए।

युएईको स्कोर २११ रन हुँदा नेपालले तेस्रो विकेट लियो। यसपटक सन्दिपले अस्फाकलाई सिकार बनाए। यस्तै आक्रामक ब्याटिङ गरेका शइमान अन्वार ४० रनमा आउट भए। उनलाई सोमपाल कामीले रोहित कुमार पौडेलबाट क्याच गराए। आउट हुनुअघि उनले २४ बलमा २ चौका र ३ छक्का प्रहार गरे।

यस्तै रमिद साहजादले ४६ बलमा नटआउट ४१ रन जोडे। बलिङतर्फ नेपालका सन्दीप लामिछाने, बसन्त रेग्मी र सोमपाल कामीले १–१ विकेट हात पारे। सन्दीपले १० ओभरमा ३९ रन खर्चिदा बसन्तले समान ओभरमा ५३ रन खर्चिए। प्रतियोगितामा प्रत्येक खेलमा विकेट लिएका उनले १७ विकेट लिन सफल भए। उनी सर्वाधिक विकेट लिने खेलाडीको पहिलो स्थानमा छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७