कानूनभन्दा माथि कोही छैन, राष्ट्रपति पनि छैनन् : अमेरिकी सभामुख


१ माघ २०७७, बिहीबार
nancy polesi 01IP8gPk9J

काठमाडौं, १ माघ । अमेरिकी संसदकी सभामुख नेन्सी पेलोसीले राष्ट्रपतिविरुद्ध पारित भएको महाभियोग प्रस्तावमा हस्ताक्षर गर्दै त्यसलाई आधिकारिक रुप दिएकी छिन् । अब यो माथिल्लो सदनमा जानेछ ।

हस्ताक्षर गर्नुअघि पेलोसीले भनिन्, ‘आज सदनले दर्शाएको छ कि कोही पनि कानूनभन्दा माथि छैन, अमेरिकाका राष्ट्रपति पनि छैनन् । डोनल्ड ट्रम्प स्पष्ट रुपमा एक देशको रुपमा एक खतरा हुन् र हामीले अमेरिकाको संविधानको सुरक्षाको जुन शपथ लिएका थियौं आज एक पटक त्यसको पुनः सम्मान गर्छौं । र अब म निकै दुःखका साथ र भारी मनले राष्ट्रपतिविरुद्ध महाभियोगको आर्टिकलमाथि दस्तखत गर्दैछु ।’ एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७