नौं महिनापछि दिल्लीका विद्यालय सोमबारबाट खुल्दै


१ माघ २०७७, बिहीबार
4cb67416262331494de21a6bf4ed1c13 w1000 h500 cp

नयाँदिल्ली, १ माघ । भारतको दिल्लीमा आउँदो हप्तादेखि विद्यालय खुल्ने भएको छ । त्यहाँको सरकारले अर्को हप्तादेखि विद्यालयमा अध्ययन–अध्यापन शुरु गराउने निर्णय गरेको हो ।

भारतको केन्द्रीय राजधानी समेत रहेको दिल्ली प्रदेशमा बोर्ड परीक्षालाई मध्यनजर गर्दै विद्यालयहरू खोल्ने निर्णय गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अहिले कक्षा १० र १२ को मात्रै पढाइ गर्ने निर्णय भएको छ । अन्य कक्षाको बारेमा केही जानकारी दिइएको छैन ।

विद्यार्थीलाई विद्यालय पठाउने वा नपठाउने बारेमा अभिभावकले नै निर्णय गर्न पाउने र विद्यालय पठाउनै पर्ने अनिवार्य नगरिएको पनि अधिकारीहरूले बताएका छन् । विद्यालय आएका र नआएका विद्यार्थीहरूका बीचमा विद्यालयले कुनै भेदभाव नगर्ने पनि सरकारी अधिकारीहरूले बताएका छन् ।

उनीहरुकाअनुसार आउँदो १८ तारिख अर्थात आउँदो सोमबारदेखि विद्यालय खुलाउने तयारी छ । दिल्लीका विद्यालयमा सन् २०२० को मार्चदेखि पठनपाठन ठप्प छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन थालेपछि बन्द गरिएका विद्यालयहरू अहिले वार्षिक परीक्षालाई मध्यनजर गर्दै खोल्न लागिएको हो । दिल्ली सरकारले भने अहिले परीक्षाको तयारी र अभ्यास कार्यका लागि मात्रै विद्यार्थीहरूलाई विद्यालय बोलाउन लागिएको स्पष्ट पारेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७