सरकारसँग वार्ताको तयारी चल्दै गर्दा एकाएक समातिए विप्लव समूहका नेता


१ माघ २०७७, बिहीबार
dharmendra bastola wq2KBWJS1N

काठमाडौं, १ माघ । विप्लव नेतृत्वको नेपाल कम्युनिट पार्टीका वार्ता टोली सदस्य धर्मेन्द्र बाँस्तोला बुधबार दिउँसो ललितपुरबाट पक्राउ परेका छन् । बाँस्तोलासँगै विवेक कुमाल, विश्वास र प्रकाश शाही पनि पक्राउ परेको जनाइएको छ ।

सरकारसँग अनौपचारिक वार्ताको तयारीका बेला वार्ता टोलीकै सदस्य समातिएको विप्लवको पार्टीका एक नेताले बताए ।

‘सरकारका मानिसहरुसँग अनौपचारिक तहमा हाम्रो कुराकानी भइरहेका थिए । वार्ताका लागि गम्भीरता देखाउँदै पार्टीको तर्फबाट तीन सदस्यीय टोली गठन गरेका थियौं । तर त्यसमध्ये एक सदस्य गिरफ्तारीमा पर्नुभएको छ’, ती नेताले भने, ‘हामीले बनाएको वार्ता टोलीमा यी यी मान्छे थिए भन्ने सरकारका मान्छेलाई कुनै न कुनै रुपमा सन्देश पुगिसकेको थियो ।

पार्टीभित्रको क्षयीकरण, कोरोना महाव्याधीपछिको आर्थिक सामाजिक अवस्था, राजनीतिक संकट लगायतका कारण उक्त पार्टी सरकारसँग वार्ता गर्न तयार देखिएको थियो । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७