संविधान कार्यान्वयनको प्रारम्भिक चरणमै प्रश्न उठ्नु दुःखद : उपराष्ट्रपति पुन


१ माघ २०७७, बिहीबार
Nanda Bahadur pun

काठमाडौं, १ माघ । उपराष्ट्रपति नन्दबहादुर पुनले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाको रक्षाका लागि संविधानको पूर्णपालन र संरक्षण अनिवार्य रहेको बताएका छन् ।

आज (बिहीबार) माघे संक्रान्ति पर्वको अवसरमा जारी शुभकामना सन्देशमा उपराष्ट्रपति पुनले भनेका छन्, ‘संविधानको संरक्षण र पूर्णपालनका लागि सबै पक्ष जिम्मेवार भएर आफ्नो कर्तव्य पूरा गर्नुपर्दछ । आफ्नो सात दशक लामो संघर्षबाट प्राप्त उपलब्धिको रक्षा गरेको संविधानको रक्षाका लागि जनताले पनि सचेततापूर्वक आफ्नो दायित्व पूरा गर्नु पर्दछ ।’

उनले माघे संक्रान्तिरमाघी पर्व २०७७ ले संविधानको संरक्षण, पूर्णपालन, राजनीतिक स्थायित्व र मुलुकको समृद्धिका लागि जिम्मेवार हुन सबै नेपालीलाई प्रेरणा देओस् भन्ने कामना समेत गरेका छन् । उपराष्ट्रपति पुनले नयाँ संविधान कार्यान्वयनको प्रारम्भिक चरणमै प्रश्न उठेको भन्दै यस्तो अवस्था सिर्जना हुनु ज्यादै दुःखद् भएको बताएका छन् ।

मगर, थारु, छन्त्याल लगायत समुदायले आ–आफ्नो मौलिकताका साथ मनाउने माघे संक्रान्ति पर्व सबै नेपालीको साझा भएको बताउँदै उपराष्ट्रपति पुनले यस पर्वले आपसी सदभाव, प्रेम, भ्रातृत्व, सहिष्णुता र एकताको विकास गर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७