आतंक मच्चाइरहेको ओलीसुर प्रवृत्तिलाई परास्त गर्न थप शक्ति मिलोस् : डा. भट्टराई


१ माघ २०७७, बिहीबार
baburam bhattarai

काठमाडौं, १ माघ । जनता समाज पार्टी (जसपा) नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले माघे संक्रान्तिमा वर्तमान राजनीतिक घटनाक्रमलाई जोड्दै शुभकामना दिएका छन् ।

नेपाल र छिमेकका प्रायः सबै जाति–समुदायले उत्साह साथ मनाउने सांस्कृतिक पर्व माघी र माघे संक्रान्ति र मकर संक्रान्तिको उपलक्ष्यमा सबैमा सुखशान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले माघे संक्रान्तिको शुभकामनामा भष्मासुरकै प्रसंग निकालेर केपी ओली प्रवृत्तिको परास्त गर्न शक्ति मिलोस् भन्दै कटाक्ष गरेका छन् । यस वर्ष कलियुगको भष्मासुरको रूपमा उदय भएको र आतंक मच्चाइरहेको ओलीसुर प्रवृत्तिलाई परास्त गर्न थप शक्ति मिलोस् भन्दै शुभाकामना दिएका छन् ।

b 1

आज (बिहीबार) सामाजिक संजाल ट्वीटमा लेखेका छन्,’ नेपाल र छिमेकका प्रायः सबै जाति–समुदायले उत्साहसाथ मनाउने सांस्कृतिक पर्व माघीरमाघे संक्रान्ति र मकर संक्रान्तिको उपलक्ष्यमा सबैमा सुखशान्ति र समृद्धिको हार्दिक शुभकामना । यस वर्ष कलियुगको भष्मासुरको रूपमा उदय भएको र आतंक मच्चाइरहेको ओलीसुर प्रवृत्तिलाई परास्त गर्न थप शक्ति मिलोस् !

यही पुष ५ गते प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि विभिन्न राजनीतिक दलहरु सडक संघर्षमा छन् । प्रधानमन्त्री ओलीले संविधानमाथि आक्रमण गरेको भन्दै सत्तापक्ष र अन्य राजनीतिक दल तथा तिनका भातृ संगठनहरु आन्दोलित छन् । ओलीको संसद विघटनको कदमलाई डा. भट्टराई कडा रुपमा विरोध गर्दै आएका छन् । उनले सडक आन्दोलनमार्फत ओलीको कदमविरुद्ध एक हुनुपर्ने बताउँदै आएका छन् । संसद विघटनविरुद्ध मुद्दाको सर्वोच्च अदालतको संवैधानिक इजलाशमा सुनुवाइ जारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७