थप ४०३ जनामा कोरोना संक्रमण, ४०५ जना निको, ६ को मृत्यु


१ माघ २०७७, बिहीबार
korona

काठमाडौं, १ माघ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा २ लाख ६६ हजार ५४६ संक्रमितको संख्या पुगेको छ ।

त्यसैगरी २४ घण्टामा ४०५ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६० हजार १७७ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या भने ४ हजार ४२६ छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट २० लाख २ हजार ४१ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २३१ रहेको छ । कोरोना संक्रमणबाट २४ घण्टामा ६ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९४३ जना रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७