केपी ओली मुर्दावाद, खोक्रो राष्ट्रवाद बन्द गर : नेविसंघ {भिडियाे}


१ माघ २०७७, बिहीबार
nebisangh

काडमाडौं, १ माघ । संसद विघटनको विरोधमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले बिहीबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

संसद विघटन अलोकतान्त्रिक र असंवैधानिक भन्दै नेविसंघशंकरदेव क्याम्पसका बिद्यार्थीहरुले काठमडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी बिद्यार्थीहरुले मुखमा कालो मास्क, निधारमा कालो फिता र त्यसमा नारा लेखेर प्रदर्शन गरेका थिए भने शरीरमा नारा लेखिएको कालो परिहन लगाएका थिए ।

युवा विद्यार्थीले ‘केपी ओली मुर्दावाद, खोक्रो राष्ट्रवाद बन्द गर, असंवैधानिक कदम खारेज गर, विद्यार्थीको एउटै स्वर सरकार भित्र चोरैचोर’ जस्ता नारा लेखिएका प्ले कार्ड प्रदर्शन गरेका थिए । संविधान विपरितको काम प्रधानमन्त्रीले गरेको भन्दै बिरोध गरिएको प्रदर्शनमा सहभागी बिद्यार्थी नेताहरुले बताएका छन् ।

उनीहरुले अहिलेको कदम अधिनायकवाद र प्रतिगामी भएको भन्दै विरोधका कार्यक्रमलाई निरन्तरता दिने जनाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७