भक्तपुरको खोल्सामा सुरक्षा गार्ड मृत भेटिए


१ माघ २०७७, बिहीबार
death photo1

भक्तपुर, १ माघ । भक्तपुरको एक खोल्सामा एक सुरक्षा गार्ड मृत फेला परेका छन् । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–५ घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका–९ महत गाँउ बस्ने ४५ वर्षीय साइला श्रेष्ठ भन्ने लक्ष्मीदास श्रेष्ठ बिहीबार मृत अवस्थामा भेटिएका हुन् ।

सूर्यविनायक नगरपालिका–९ पलाँसेस्थित गणेश बाल विकास स्कुल नजिकै खोल्सामा उनी मृत भेटिएको प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी दीपक गिरीले जानकारी दिए ।
स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । महानगरीय प्रहरी वृत जगातीबाट गएको प्रहरीले अनुसन्धानका क्रममा शवको सनाखत गरेको हो । श्रेष्ठ दिउँसोको समयमा ज्याला मजदुरीको काम गर्ने र रातको समयमा गणेश बाल विकास विद्यालयमा सुरक्षा गार्डको काम गर्ने बुझिएको डीएसपी गिरीले बताए ।

दिउँसोको काम सकेर रक्सी खाएर कोठामा फर्किने क्रममा खोल्सामा लडेको हुनसक्ने प्रहरीको अनुमान छ । शव पोस्टमार्टमको लागी काठमाडौँ मेडिकल कलेज दुवाकोट पठाएको र थप अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७