ट्रम्पविरुद्ध महाअभियोगको पक्षमा मतदान गर्ने रिपब्लिकन महिला सांसदहरु असुरक्षित


२ माघ २०७७, शुक्रबार
116523827 a8331d8c bb67 4d0c 8f6a 512735607dc4

काठमाडौं, २ माघ । मेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध दर्ता भएको महाअभियोगको प्रस्तावको पक्षमा मतदान गरेसँगै रिपब्लिकन सांसदहरु विभाजित भएका छन् । राष्ट्रपति ट्रम्पको दलका १० जना सांसदहरुले उनले पद त्याग गर्नुपर्ने पक्षमा मतदान गरेसँगै सांसदहरु विभाजित भएका हुन् ।

रिपब्लिकन सांसदलहरुले तत्कालै पदबाट राजीनामा दिन पनि राष्ट्रपति ट्रम्पलाई आग्रह गरेका छन् । यता, महाअभियोगको पक्षमा मतदान गरेका रिपब्लिकन महिला सांसदहरुले आफूहरु असुरक्षित भएको भन्दै सुरक्षा बढाइएको छ ।

उनीहरुले आफ्नो मतदानको स्वतन्त्रता प्रयोग गरेपनि धम्की आउन सक्ने भन्दै थप सुरक्षा बढाइएको बताएका छन् । संसदको तल्लो सदनमा हिजो मतदानमा सहभागी २३२ जनामध्ये १९७ जनाले ट्रम्पलाई महाअभियोग लगाउनुपर्ने पक्षमा मतदान गरेका थिए ।

गत बुधबार संसद भवनमा अनाधिकृत रुपमा प्रवेश गरेर ट्रम्पका समर्थकहरुले हिंसात्मक गतिविधि गरेका थिए । चुनावी परिणाम अस्वीकार गर्दै आएका ट्रम्पले निर्वाचनको अन्तिम नतिजा सार्वजनिक गर्नुअघि आफ्ना समर्थकलाई उक्साएर संसद भवनमा आक्रमण गराएको आरोप डेमोक्र्याट्सहरुले आरोप लगाएका छन् ।

त्यसलगत्तै ट्रम्प समर्थकहरुले नव निर्वाचित राष्ट्रपति जो वाइडेनको सपथ समारोह अघि हतियारसहित देशका विभिन्न सहरमा प्रदर्शन गर्ने चेतावनी दिएसँगै सुरक्षा बढाइएको बीबीसीले जनाएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७