कोरोनाका कारण फ्रान्समा थप कडा कर्फ्यू घोषणा


२ माघ २०७७, शुक्रबार
thumbs b c 06f9a247e672f9753856806513d77efa

काठमाडौं, २ माघ । कोरोनाका कारण फ्रान्समा देशव्यापी रुपमा लागू भइरहेको करफ्यू थप कडा हुने घोषणा गरिएको छ ।

फ्रान्सका प्रधानमन्त्री जीन केसटेक्सले स्थानीय समयानुसार शनिबार बेलुका ६ बजेदेखि फ्रान्समा देशव्यापी रुपमा लागू गरिएको रातीको कर्फ्यूको ढाँचामा परिवर्तन गरिने जानकारी दिएका छन् ।
डिसेम्बरदेखि नै फ्रान्समा रातीको करफ्यू जारी छ तर कोरोनाको बढ्दो मामिलालाई मध्यनजर गर्दै यसमा थप कडाई गर्न लागिएको हो । हाल राती ८ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू लाग्छ तर शनिबारदेखि बेलुका ६ बजेदेखि कर्फ्यू लागू गरिनेछ । यो नयाँ नियम कम्तीमा १५ दिनसम्म लागू रहनेछ ।

प्रधानमन्त्रीले देशमा कोरोनाको स्थिति चिन्ताजनक रहेको बताएका छन् । प्रधानमन्त्रीले विदेशबाट आउनेहरुका लागि नयाँ नियमको घोषणा गरेका छन् । अब इयूभन्दा बाहिरबाट आउनेहरुले आफ्नो उडानभन्दा ७२ घण्टा अघिसम्म कोरोनाभाइरसको संक्रमणको परीक्षण गर्नुपर्नेछ र नेगेटिभ भएपछि मात्रै उनीहरुलाई फ्रान्समा प्रवेश गर्न दिइनेछ ।

फ्रान्समा आइसकेपछि पनि उनीहरु ७ दिनसम्म आइसोलेशनमा बस्नुपर्नेछ र सातौं दिन पनि परीक्षण गर्नुपर्नेछ । उक्त परीक्षणमा नेगेटिभ आएपछि मात्रै उनीहरु सामान्य तरिकाले बस्न पाउने छन् । कोरोनाको नयाँ भेरियन्टका लागि पनि चिन्ता बढेको छ । फ्रान्सका स्वास्थ्यमन्त्रीका अनुसार कोरोना संक्रमितमा कम्तीमा एकदेखि डेढ प्रतिशत कोरोनाको नयाँ भेरियन्ट भेटिएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७