नेपालमा एकसाथ दुई मौसमी प्रणालीको प्रभाव : वर्षा र हिमपातको सम्भावना


२ माघ २०७७, शुक्रबार
kathamandu

काठमाडौं, २ माघ । नेपालमा एकसाथ दुई स्थानको मौसमी प्रणालीको प्रभाव देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा दक्षिण–पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव परिरहेको छ । जसका कारण देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । देशका तराईका भू–भागमा बाक्लो हुस्सु–कुहिरो लागेको छ ।

देशको विभिन्न भू–भागमा तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका धेरै भू–भागहरुमा बिहानको समयमा बाक्लो हुस्सु र कुहिरो समेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

शुक्रबार प्रदेश नं १, सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका धेरै भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात र प्रदेश नं १ एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

शनिबार प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली रहने छ भने प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ र बाँकी प्रदेशमा सामान्यतया सफा रहने देखिन्छ । प्रदेश नं १ का एक– दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आइतबार प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली रहनेछ । प्रदेश नं १ र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा र उक्त प्रदेशका उच्च हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७