उत्तर कोरियाद्वारा नयाँ मिसाइल सार्वजनिक, ‘संसारकै सबैभन्दा भएको शक्तिशाली दाबी


२ माघ २०७७, शुक्रबार
missile 20210115063026

प्योङयाङ, २ माघ । उत्तर कोरियाले नयाँ ब्यालिस्टिक मिसाइल सार्वजनिक गरेको छ । सो मिसाइललाई उसले ‘संसारकै सबभन्दा शक्तिशाली अस्त्र’ भएको दाबी गरेको छ ।

‘विश्वकै सबैभन्दा शक्तिशाली अस्त्र पनडुब्बीबाट प्रहार गरिने ब्यालिस्टिक क्षेप्यास्त्र क्रान्तिकारी सशस्त्र फौजहरूको शक्ति प्रदर्शन गर्दै एकपछि अर्को गरी स्क्वायरमा प्रवेशमा गरेको छ’, कोरियन सेन्ट्रल न्यूज एजेन्सीले भनेको छ ।

सैनिक परेडका अवसरमा अन्य मिसाइल समेत प्रदर्शन गरिएको थियो । प्रदर्शनको अवलोकन सर्वोच्च नेता किम जोङ उनले गरेका थिए । नेता किमले उत्तर कोरियाको ‘प्रधान शत्रु अमेरिका’ रहेको बताउँदै आएका छन् ।

अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडनको शपथ ग्रहण कार्यक्रमभन्दा केही दिनअघि उत्तर कोरियाले आफ्नो सैनिक सामथ्र्य प्रदर्शन गरेको हो । यसले पनि अमेरिकाप्रति उत्तरको आफ्नो नीति प्रष्ट पार्ने विश्लेषकहरूले बताएका छन् । विश्लेषकहरूले यसअघि नदेखिएका अस्त्रहरू समेत उत्तर कोरियाले प्रदर्शन गरेको बताएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७