थप २७० मा कोरोना भाइरस संक्रमण, पाँचको मृत्यु


२ माघ २०७७, शुक्रबार
korona

काठमाडौं, २ माघ । देशभर पछिल्लो २४ घण्टामा थप २७० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ८४ जनाको स्वास्थ्य परीक्षण गर्दा ९० महिला र १८० पुरुष गरी सो संख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई लाख ६६ हजार ८१६ पुगेको छ । त्यस्तै पछिल्लो समय थप ३९० निको भएका छन् । योसँगै निको हुनेको संख्या दुई लाख ६० हजार ५६७ पुगेको छ । सोमध्य निको हुने दर ९७.७ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।

अहिले देशभर चार हजार ३०१ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये २३१ जना क्वारेन्टिनमा रहेका छन् भने अन्य आइसोलेसनमा रहेका छन् । हालसम्म २० लाख पाँच हजार १२५ को पिसिआर परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १७२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सोमा ५९ महिला र ११३ पुरुष रहेका छन् ।

थप पाँचको मृत्यु

हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ९४८ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप पाँच जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७