बेलायतमा एकै दिनमा १,२८० को मृत्यु, ५५ हजारभन्दा बढी संक्रमित


३ माघ २०७७, शनिबार
520466 01 02

बेलायत, ३ माघ । बेलायतमा पछिल्लो २४ घण्टामा थप १२८० जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जनाएको छ । यससंगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८७ हजार २९५ पुगेको छ ।

एकै दिनमा मृत्यु भएको यो संख्मया हामारी भएयताकै तेस्रो सबैभन्दा बढी हो । यसैगरी बितेको २४ घण्टामा थप ५५ हजार ७६१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । नयाँ संक्रमितसँगै बेलायतमा कोरोना संक्रमित हुनेको संख्या ३३ लाख १६ हजार पुगेको छ ।

यसैगरी हाल बेलायतका अस्पतालमा उपचारार्थ भर्ना भएका कोरोना संक्रमितको संख्या ३७ हजार नाघेको छ । जसमध्ये तीन हजार ६७२ जनाको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।

बेलायतमा कोरोना संक्रमण दर अत्यधिक रुपमा बढेपछि फाइजर र अक्सफोर्डको खोपलाई तीव्रता दिइएको छ । शुक्रबारसम्ममा ३६ लाख ७८ हजार १८० जनालाई खोप वितरण गरिसकिएको स्वास्थ्य विभागले जनाएको छ । जसमध्ये ३२ लाख ३४ हजार ९४६ जनाले पहिलो डोज लगाएका छन् भने चार लाख ४३ हजार २३४ ले दोस्रो तथा अन्तिम डोज लिएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७