काठमाडौ उपत्यकाका २१ ठाउँमा आज बिजुली नआउने


३ माघ २०७७, शनिबार
bijuli
सांकेतिक तस्वीर

काठमाडौं, ३ माघ । काठमाण्डौं उपत्यकाका २१ ठाउँमा आज (शनिबार) बिजुली नआउने भएको छ ।

नेपाल विद्युत प्राधिकरणले आज काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा केही समय विद्युत नआउने जानकारी दिएको छ । प्राधिकरणका अनुसार बुढानिलकण्ठ सबस्टेशन, महाराजगञ्ज तथा पुल्चोक वितरण केन्द्रबाट २१ ठाउँमा विद्युत प्रवाह रोकिने भएको छ ।

हात्तीगौडा, धापासी हाइट, मनकामना टोल, ग्रीनल्याण्ड चोक, बसुन्धारा, गोंगबु, मित्रनगरलगायतका ठाउँमा केही घण्टा बिजुली नआउने भएको हो । मर्मतको काम सकिए लगत्तै बिजुली आपूर्ति हुने पनि प्राधिकरणले जानकारी दिएको छ ।

प्रधाकिरणले यसअघि पनि मर्मतका लागि भन्दै तालिका सार्वजनिक गर्ने गरेको थियो । मर्मतका लागि बिजुली काट्नुपर्ने भएकाले यसलाई लोडसेडिङ भन्न नमिल्ने प्राधिकरणले बताउँदै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७