नेपालका परराष्ट्रमन्त्री ज्ञवालीसँग विशेष भेटवार्ता भयो : भारतीय रक्षामन्त्री सिंह


३ माघ २०७७, शनिबार
pradip 3 Qb5S85DUw8

नयाँदिल्ली, ३ माघ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका छन् ।

pradip KdlBbi1qGC

उनहरुबीच आज बिहान रक्षामन्त्री सिंहको निवासमा भेटवार्ता भएको हो । भेटबारे भारतीय रक्षामन्त्री सिंहले ट्वीट गरेका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘आज नेपालका परराष्ट्रमन्त्री ज्ञवालीसँग विशेष भेटवार्ता भयो, भारत र नेपालको सम्बन्ध सरकारमा मात्रै सीमित नभएर दुई देशका नागरिक तहबाटै अघि बढेको छ ।’ तर उनले कस्तो विशेष भेटवार्ता भयो भन्नेबारे स्पष्ट पारेका छैनन् ।

pradip 4 DwwcZ1oVrm

यसअघि दिल्लीमा हिजो भएको परराष्ट्रमन्त्रीस्तरीय नेपाल–भारत संयुक्त आयोगको बैठकमा सीमाबारे छलफल भएको थियो । परराष्ट्रमन्त्री ज्ञवालीले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धमा आँच पुर्‍याउने सीमानासम्बन्धी समस्या वार्ताको माध्यमबाटै समाधान गर्ने नेपालको चाहना रहेको पनि बताएका छन् ।

r

तीन दिने भारत भ्रमणमा रहेका मन्त्री ज्ञवाली आजै दिउँसो नेपाल वायुसेवा निगमको विमानबाट स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७