थप २४० जनामा कोरोना संक्रमण, ४७७ निको भए, ६ को मृत्यु


३ माघ २०७७, शनिबार
korona

काठमाडौं, ३ माघ । नेपालमा पछिल्लो २४ घण्टामा थप २४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

शनिबार अपरान्ह स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा थप २४० जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ५६ पुगेको छ भने आज देशमा सक्रिय संक्रमितको संख्या ४ हजार ५८ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ४७७ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या २ लाख ६१ हजार ४४ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनका कारण ज्यान गुमाउनेको संख्या १ हजार ९५४ पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७