२०७७ माघ ४ गते आइतबारको तपाईको राशिफल


प्रकाशित मिति : January 17, 2021

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज धैर्य एवं लगनशीलताले अवसर दिलाउने छ । पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्ने छ । विश्वास गरेकाले साथ दिनेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आफन्तको सहयोग प्राप्त हुनेछ । व्यापारमा वृद्धि हुनुका साथै सामाजिक प्रतिष्ठा मिल्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
चिताएको कामले तीव्रता लिनेछ । वित्तीय संस्थाबाट सहयोग पाईएला । वाक्चतुर्याईले सङ्कल्पसिद्ध हुनेछ । शुभ समाचार सुन्नमा आउला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
धार्मिक सामाजिक कार्यमा विशेष रुची रहनुका साथै सामाजिक पद प्रतिष्ठा प्राप्त हुने देखिन्छ । धर्म, कर्ममा मन लाग्नेछ । शुभ समाचार सुन्न पाइएला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । विद्यामा सफलता पाइएला । अरुलाई प्रभावित पारेर काम बन्ने छ । वाहन सुख पनि मिल्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
सामाजिक कार्यमा रुची जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला । सोचेका काम पूरा हुनेछन् ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । चिताएको कामले तीव्रता लिनेछ । व्यापार व्यवसायबाट पनि विशेष लाभ हुने देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मनमा दुविधा उत्पन्न हुनेछ । मानसिक चिन्ता बढ्ने छ । मालसामान हराउन सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
कला, साहित्य तथा संगीतमा रुची बढ्ने छ । मनमा उत्साहका साथै बोली विक्ने समय छ । लगनशीलताले कामहरू अगाडि बढ्ने छन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
स्थान परिवर्तनका विशेष योग देखिन्छन् । लगानीको वातावरण बन्नेछ । मनोरञ्जनमा सहभागी भइएला । साँझमा पैसा खर्च हुने योग छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज स्वादिष्ट भोजन पाईनेछ । प्रेममा मधुरता छाउनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आफूलाई कमजोर भएको अनुभूति हुनेछ । गरेका कार्यमा ढिलासुस्ती हुनेछ । शत्रु पक्ष भने सबल रहने भएकाले सजग रहनु उचित हुनेछ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया दिनुहोस्