हिमाल आरोहणमा नेपालीले रचे अर्को इतिहास


४ माघ २०७७, आईतवार
mount k2 dqAeqKoSbt

काठमाडौं, ४ माघ । १० नेपालीको एक समूहले हिमाल आरोहणमा अर्को इतिहास रचेका छन् । उनीहरुले चिसो मौसममा संसारको दोस्रो अग्लो पर्वत ‘माउन्ट केटु’ को आरोहण गरेर विश्व रेकर्ड स्थापित गरेका हुन् ।

कारकोरम रेन्जको यो पर्वतलाई यो महिनामा आरोहण गर्न यसअघि कोही पनि सफल भएका थिएनन् । समूहका एक सदस्य निम्स दाइ पुर्जाले उनी स्थानीय समयानुसार बेलुका पाँच बजे पर्वतको शिखरमा पुगेको जानकारी दिए ।

mount k2 OLcJ71cWVe

यो चिसो मौसममा दर्जनौं पर्वतारोहीले ८,६११ मिटर अग्लो पर्वत आरोह गर्ने आशा गरेका थिए । तर यसै सप्तान्हन्तमा स्पेनका पर्वतारोहीको आरोहणका बेला चिप्लिएपछि उनको मृत्यु भएको थियो । सगरमाथाभन्दा केटु २ सय मिटर मात्रै होचो छ । यो कारकोरम पर्वत श्रृङ्खलाको पहाड हो जुन पाकिस्तान–चीनको सीमामा फैलिएको छ ।

लामो समयदेखि यो पर्वतलाई सबैभन्दा खतरनाक मानिँदै आएको छ । अमेरिकी पर्वतारोही जर्ज बेलले सन् १९५३ मा यो आरोहण गर्ने कोसिस गरेका थिए र उनले यसलाई एक खतरनाक पहाडको संज्ञा दिँदै यसमाथि चढ्ने कोसिस गर्नु मृत्युलाई आमन्त्रण गर्नु बताएका थिए ।
शुरुमा नेपाली पर्वतारोहीको तीनदेखि चार समूह माउन्ट केटूको आरोहणमा निस्किएको थियो । यसमा कूल ६० जना थिए । तर अन्त्यमा १० नेपालीको एक समूह बन्यो र यो ऐतिहासिक उपलब्धि नेपालको नाममा पर्‍यो ।

mount k2 TzogepfFtQ

यूके स्पेशल बोट सर्भिसका पूर्व सदस्य पर्वतारोही निर्मल पुर्जाले यो आरोहण गरेपछि उत्सव मनाउँदै त्यहाँको तस्बिर साझा गरेका छन् । उनीहरुको यो उपलब्धिको पुष्टि पर्वतारोहणका आयोजक ‘सेभेन समिट ट्रेक’ ले पनि गरेका छन् ।

निर्मल पुर्जाले भने, ‘मानव जातिको यो इतिहासको हिस्सा हुन पाउँदा हामीलाई गर्व छ । यसले यो प्रमाणित हुन्छ कि सँगै मिलेर र एक सकारात्मक मानसिक उद्देश्यसहित सीमालाई तोड्न सकिन्छ । हामीले जे महसुस गर्छौं, त्यो पाउन सकिन्छ ।’

ErZDRomWMAEYAMJ

पहिलो पटक सन् १९८७–१९८८ मा केही विन्टर पर्वतारोहीले केटु आरोहण गर्ने कोशिस गरेका थिए तर अहिलेसम्म कुनै पनि पर्वतारोहीले गर्न सकेका थिएनन् । चर्चित पर्वतारोही कामी रिता शेर्पाले समाचार एजेन्सी एएफपीसँग भने, ‘दशकौंदेखि नेपालीले विदेशीलाई हिमाल चढ्न मद्दत गर्दै आएका छन् र हामीले जस्तो श्रेय पाउनु पर्ने हो, त्यो पनि पाउँदैनौं ।’ २४ औं पटक सगरमाथा चढेर विश्व कीर्तिमान राखेका कामी रिता शेर्पाले भने, ‘१० नेपालीले आफ्नो बहादुरी र साहसले केटु आरोहरण गरेर इतिहास रच्नु एक शानदार कुरा हो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७