१५ वर्षीया किशोरीलाई करणी गरेको आरोपमा ५० वर्षीय राई पक्राउ


प्रकाशित मिति : January 17, 2021
फाइल फोटो

काठमाडौं, ४ माघ । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौंको गोकर्णेश्वर एक व्यक्ति पक्राउ परेका छन् ।

पाँचथरको फिदिम नगरपालिका–९ घर भई गोकर्णेश्वर नगरपालिका–५ नयाँबस्ती बस्ने ५० वर्षीय सन्वीर राईलाई प्रहरीले जबर्जस्ती करणी आरोपमा पक्राउ गरेको हो । शुक्रबार राति राईले किशोरीलाई जबरजस्ती करणी गरेका अभिभावकको भनाई छ । घटनाको सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्