पीएसजी फेरि शीर्ष स्थानमा


प्रकाशित मिति : January 17, 2021

पेरिस, ४ माघ । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिबार फ्रान्सेली लिग–वानमा एन्जर्सलाई १–० ले हराएको छ । यससँगै टोली फेरि अंक तालिकाको शीर्ष स्थानमा उक्लिन सफल रह्यो ।

खेलको एक मात्र गोल डिफेन्डर लेयभिन कुरजावाले भलीबाट गरे । मउरिसो पोचेटिनोको पीएसजीको यो लगातार सात खेलको अपराजित यात्रा हो ।

खेलका क्रममा पोचेटिनो आफैं भने मैदानमा थिएनन् । टोटनहमका पूर्व व्यवस्थापक कोरोना भाइरस संक्रमणपछि अहिले आइसोलोसनमा छन् । पीएसजी दोस्रो स्थानको लियोनभन्दा दुई अंकले अगाडि छ ।

प्रतिक्रिया दिनुहोस्