‘कार्टुन क्रुज’ जोडीको ‘ट्वान्टी फस्ट लभ’


४ फाल्गुन २०७४, शुक्रबार
first love

काठमाण्डौं, ४ फागुन : लोकप्रिय डान्स समूह ‘कार्टुन क्रुज’ का मुख्य सदस्य आश्मा विश्वकर्मा र सरोज अधिकारीको मुख्य अभिनय रहेको सिरिज ‘ट्वान्टी फस्ट लभ’ ट्रलर सार्वजनिक भएको छ । बुधबार ट्रेलर सार्वजनिक गरिएको सिरिज केही दिनपछि नै टेलिभिजन तथा युट्युवमा रिलिज हुने जनाइएको छ ।first love

किशोर किशोरीको प्रेम कथाको सेरोफेरामा निर्माण भएको सिरिजको ट्रेलरमा युवा पुस्ताको प्रतिनिधित्व गर्ने दृष्य समावेश छ । सिरिजमा आश्मा र सरोजसँगै, अनुस्का अधिकारी, संयोग हुमागाईं, निशान्त सुवेदी, रोशनी कार्की, विजय अधिकारी, दृष्टि श्रेष्ठ मुख्य भूमिकामा छन् भने लक्ष्मी गिरी, रश्मी भट्ट, पवन शाक्य, खगेन्द्र श्रेष्ठ, राधा श्रेष्ठ, अन्जन शर्मा लगायतले पारिवारिक पृष्ठभूमिमा आ–आफ्नो भूमिका निभाएका छन् । सिरिजको टेलिभिजन प्रदर्शन अधिकार कान्तिपुर टेलिभिजनले लिइसकेको छ ।

ट्रेलर सार्वजनिक कार्यक्रममा निर्माण कम्पनी एसियन म्युजिकका ईश्वर गुरुङले पछिल्लो पुस्तालाई लक्षित गरी तयार पारिएको सिरिज सबै वर्गका दर्शकका लागि मनोरञ्जनको खुराक बन्ने अपेक्षा गरिएको छ । मुख्य कलाकार सरोजले सामूहिक कार्य र मेहनतका कारण सिरिज निकै राम्रो बनेको बताएका छन् । उनले आफूहरूलाई हिजोदेखि माया गर्दै आएका कोही पनि सिरिजबाट समेत निरास नपार्ने दावी गरेका छन् । सिरिजको लेखन तथा निर्देशन सरिन पोखरेलले गरेका हुन् ।

कमेडी र भावनात्मक पक्षलाई समावेश गरी युवावस्थाको बदलिंदो प्रेम भावलाई मार्मिक र समयसापेक्ष रूपमा प्रस्तुत गर्ने जमर्को गरेको पोखरेलले बताएका छन् । उनका अनुसार सिरिजमा तीनवटा फरक लभस्टोरीलाई एउटै धागोले बाँध्ने प्रयत्न गरिएको छ । मिलन शंकर र ज्ञानेन्द्र शर्माले खिचेको सिरिज ‘ट्वान्टी फस्ट लभ’को सम्पादन अशोक मल्लले गरेका छन् । गीत संगीततर्फ अल्मोडा राना, मेलिना राई र शुभ तामाङले सहकार्य गरेका छन् । मनोज जोशी प्रोडक्सन डिजाइनर रहेको निर्माण टोलीमा सह–निर्माता दीपेन्द्र तामाङ र खगेन्द्र श्रेष्ठ छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७