राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता


४ माघ २०७७, आईतवार
KP Bidhya joint photo

काठमाडौं, ४ माघ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली आइतबार दिउँसो शितल निवास पुगेका हुन् ।

राष्ट्रपति र प्रधानमन्त्रीबीच भएको भेटमा भएको कुराकानीबारे भने केही खुलेको छैन । प्रधानमन्त्रीले समसामयिक परिस्थितिबारे राष्ट्रपतिलाई बिफ्रिङ गर्ने परम्परा छ ।

तर, पछिल्लो समय ओलीले आफू संकटमा परेको बेला राष्ट्रपति भण्डारीसँग बाक्लो भेट्ने गर्दै आएका छन् । उनीमाथि आफ्नो स्वार्थका लागि राष्ट्रपतिलाई प्रयोग गर्ने गरेको आरोप समेत लाग्दै आएको छ । संसद विघटनको घटनालाई लिएर अहिले राष्ट्रपति र प्रधानमन्त्रीको आलोचना र विरोध भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७