‘गणतन्त्र आउँदा ओली रुँदै हिंड्नु भो, अहिले संविधानमाथि प्रहार गरेर हँसाउँदै हिंड्नु भाको छ’


४ माघ २०७७, आईतवार
prachanda 2

काठमाडौं, ४ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी ओलीको बोली र व्यवहार कहिल्यै नमिल्ने बताएका छन् ।
अध्यक्ष प्रचण्डले केपी ओलीले एकथरी भन्ने र अर्कोथरी गर्दै आएको बताएका छन् । उनले भने ‘ओली जे भन्नु हुन्छ त्यो गर्नु हुन्न, जे गर्नु हुन्छ त्यो बोल्नु हुन्न ।’

आज (आइतबार) नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको जवाफ फर्काएका छन् ।

बुद्धनगरस्थित क्वालिटी पार्टी प्यालेसमा आयोजित राष्ट्रिय युवा संघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले शनिबार आफूले जनता हसाँएकामा आपत्ति जनाएको भन्दै र आफू मान्छे मार्दै, विधुवा बनाउन जान नसक्ने भन्दै कटाक्ष गरेका थिए । त्यसको जवाफ दिँदै प्रचण्डले उपलब्धिमाथि प्रहार भएका बेलामा आफूहरु हाँस्न नसक्ने बताएका छन् ।

‘उहाँले जनतालाई हसाउँनु भएकामा मलाई पीर पर्नेभन्दा पनि नेपाली जनताले सात दशक लडेर ल्याएको उपलब्धिको हत्या भएको छ । हामी मातङ मनाएका छौं । बा–आमा मरेपछि चिन्ता हुन्छ परिवारका सबैलाई । त्यो बेलामा हामी हाँस्न सक्दैनौं । हामी कमिक गर्न सक्दैनौं । तपाई त्यस्तो मान्छे हुनुहुँदो रहेछ,’ उनले भने ।

प्रचण्डले संविधानमाथि प्रहार देश स्तब्ध भएको आफूहरु हाँस्न नसक्ने बताएका छन् । उनले ओलीलाई कमिक गर्ने स्वतन्त्रता रहेको पनि बताए ।

उनले थपे, ‘गणतन्त्रको उत्सवमा हामी नाच्दा तपाईं रुँदै हिंड्नु भएको थियो । आज संविधानमाथि प्रहार गर्दा देश स्तब्ध छ, तपाईं हाँस्दै हिंड्नु भएको छ । तपाईंको उल्टो खोपडी देखेर भाव व्यक्त गरेको मात्रै हो । जति कमिक गर्न चाहनु हुन्छ गर्नुस् । स्वतन्त्रता छ । तपाईंको कमिक जोकरले देखाएको जस्तो मात्रै हो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७