प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा पूर्व राज्यमन्त्री मोतिलाल दुगड नियुक्त


४ माघ २०७७, आईतवार
2021 01 17 jmafmdgm

काठमाडौं, ४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमा पूर्व राज्यमन्त्री मोतिलाल दुगड नियुक्त भएका छन् । दुगडलाई मन्त्रीसहरको सुविधा दिएर विशेष आर्थिक सल्लाहकार बनाइएको हो ।

यसअघि, उनी उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री थिए । पछिल्लोपटक प्रधानमन्त्रीले मन्त्रिपरिषद् हेरफेर गर्दा दुगड बहिर्गमनमा परेका थिए । यसअघि, प्रधानमन्त्री ओलीको विशेष आर्थिक सल्लाहकार पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा थिए । खतिवडा अमेरिकाका लागि नेपालको राजदूत नियुक्त भएपछि दुगडलाई विशेष आर्थिक सल्लाहकार नियुक्त गरिएको हो ।

दुगडले आफू प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त भएको जानकारी दिए । ‘मैले १३ महिना उद्योग राज्यमन्त्री भएर काम गरेकै आधारमा प्रधानमन्त्रीले विशेष आर्थिक सल्लाहकार नियुक्त गर्नुभएको हो’, उनले भने ।

यसअघि, उद्योग मन्त्रालय मात्रै हेरेकोमा अब अर्थ मन्त्रालयमा निजी क्षेत्रको कुरा पनि लैजाने उनले बताए । ‘राज्यमन्त्रीबाट हट्दा निजी क्षेत्रमा निराशा छाएको थियो । देशलाई समृद्ध गर्नुछ भने आर्थिक क्षेत्र बलियो हुनुपर्छ । यसको लागि मेरो ठूलो भूमिका हुन्छ’, उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७