अशोक लेलैन्डको ‘मेघा विन्टर सर्भिस क्याम्प २०२१’ सुरु


४ माघ २०७७, आईतवार
Tamplet1610895039 scaled

काठमाडौं, माघ ४ । आइएमई मोटर्स प्राली द्वारा प्रवद्धित अशोक लेलैन्डले ‘मेघा विन्टर सर्भिस क्याम्प २०२१’ सुरु गरेको छ। लेलैन्डले देशैभरी रहेका १३ सर्भिस सेन्टरहरुमा लागू हुनेगरी आइतबारबाट यो क्याम्प सुरु गरेको हो।

यस योजना अन्तर्गत ग्राहकहरुलाई पार्टस र लुब्रिकेन्टमा ८ प्रतिशत छुट, लेबर चार्जमा ३० प्रतिशत र ४५ पोइन्ट फ्री चेकअप पनि उपलब्ध हुने कम्पनीले बताएको छ।

सर्भिस क्याम्पमा आकर्षक उपहारमा ड्राइभरहरुले सुरक्षित ड्राईभिङ सम्बन्धि जानकारी पनि लिन सक्ने बताइएको छ। यो योजना माघ ४ गतेदेखी १५ गतेसम्म मात्र लागू हुने कम्पनीको भनाइ छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७