रुसी राष्ट्रपति पुटिनका कट्टर आलोचक नाभाल्नी मस्को पुग्ने बित्तिकै हिरासतमा


५ माघ २०७७, सोमबार
navalny J5RfEoKS1N

काठमाडौं, ५ माघ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विरोधी तथा रुसका विपक्षी नेता एलेक्सी नाभेल्नीलाई रुस पुग्ने बित्तिकै हिरासतमा लिइएको छ । उनी पाँच महिनापछि जर्मनीबाट मस्को पुगेका थिए । गत वर्ष उनीमाथि नर्व एजेन्टमार्फत् हमला भएको थियो र उनी बालबाल बचेका थिए ।

उनको उपचार जर्मनीमा भएको थियो । ४४ वर्षका नाभेल्नीलाई पासपोर्ट कन्ट्रोलबाट प्रहरीले आफूसँगै अलग्गै लगेको हो । बर्लिनबाट आएको नाभेल्नीको फ्लाइटलाई मस्कोको एयरपोर्टबाट अर्को एयरपोर्टमा लगियो । अत्यधिक भीडका कारण यस्तो गरिएको हो ।

नाभेल्नीको ज्यान लिने कोशिसको पछाडि रुसको सरकारको हात थियो भनेर थुप्रैले मान्यता राख्छन् । केही खोजी पत्रकारले पनि यी दाबीको समर्थन गरेका थिए तर रुसको सरकारले भने यी आरोप खारेज गरेको थियो । हिरासतमा लिइनु केही मिनेट अघि मात्रै नाभेल्नीले मस्कोमा शेमेन्येवो एयरपोर्टमा आफ्ना समर्थक र मिडियासँग भने, ‘मलाई थाहा छ म सही छु । मलाई कुनै पनि कुराको डर छैन । मविरुद्ध सबै आपराधिक मुद्दा झुटा हुन् ।’

navalny1 nIXBwXlEBe

नाभेल्नीका वकिललाई उनीसँग जान दिइएन । नाभेल्नीले आफ्नी श्रीमती युलियालाई चुम्बन गरे जो जर्मनीबाट फ्लाइटमा सँगै आएकी थिइन् । प्रहरी अधिकारीले त्यहाँ उपस्थित भीडलाई आदेशको पालना नभए बल प्रयोग गरिने धम्की दिए । आइतबार विमानस्थलमा अतिरिक्त सुरक्षाबलको तैनाथी गरिएको थियो ।

यसअघि आइबार मस्कोमा वनुकोव एयरपोर्टभित्र मेटल ब्यारिअर लगाइएको थियो । नवेलनीको विमान योजना अनुसार यतै अवतरण गर्दै थियो । रुसी मिडिया अनुसार थुप्रै अभियानकर्तालाई पनि हिरासतमा लिइएको छ । यसमा नाभेल्नीका मुख्य सहयोगी ल्युबोव सोबोल पनि समावेश छन् । नाभेनीकी प्रवक्ता किरा यार्मिशले एयरपोर्टमा प्रहरी कारको तस्बिर सोसल मिडियामा पोस्ट गरेकी थिइन् ।

नाभेल्नीको उपचार जर्मनीमा भएको छ र अब उनी निको भइसकेका छन् । उनी रुस पुग्न लागेकोमा समर्थकमा उत्साह थियो । फेसबुकमा रुसी भाषामा एउटा पेज पनि बनाइएको थियो जसमा नवेलनी रुस आएपछि उनीसँगको भेटका लागि अपिल गरिएको थियो । अत्यधिक चिसो र कोभिड महामारीका बीच पनि हज्जारौंले नाभेल्नीलाई भेट्ने इच्छा व्यक्त गरेका थिए ।

गत वर्ष अगस्ट महिनामा नाभेल्नी साइबेरियाको एक विमानमा बेहोस भएका थिए । पछि उनलाई विष दिइएको पत्ता लागेको थियो । रुसका अधिकारीले नाभेल्नीलाई विषय दिएको आरोप अस्विकार गर्ने गर्छ । नाभेल्नीले भने रुसी राष्ट्रपति पुटिनको आदेशमा आफूलाई विष दिइएको दाबी गर्ने गर्छन् ।

नाभेल्नीलाई हिरासतमा किन लिइयो ?

रुसी अधिकारीले नाभेल्नीलाई डिसेम्बरमा हाजिर हुनका लागि चेतावनी दिएका थिए । यसको उनले उपेक्षा गरे । नाभेल्नीलाई एक धोकाको केसमा दोषी ठहर गरिएको छ र जेल सर्भिसले उनले आफूमाथि लागेको प्रतिबन्धको उल्लंघन गरेको आरोप लगाएको छ ।

नाभेन्लीले आफूमाथि लागेको सबै मुद्दा राजनीतिबाट प्रेरित भएको बताउँदै आएका छन् । रुसी अनुसन्धान कमिटीले पनि उनीविरुद्ध धोकाको मामिलामा नयाँ आपराधिक मुद्दा सुरु गरेको छ । उनीमाथि थुप्रै एनजिओको पैसा ट्रान्सफर गरेको आरोप छ । यसमा उनको एन्टी–करप्सन फाउन्डेशन पनि समावेश छ ।

नाभेल्नीले पुटिनलाई आफ्ना विपक्ष मन नपर्ने भएकोले यी सबै उनैले गराइरहेको आरोप लगाइरहेका छन् । बर्लिन एयरपोर्टमा संसारभरीका समाचार एजेन्सी जम्मा भएका थिए ता कि नाभेल्नीलाई त्यहाँबाट मस्को जाने बेला कभर गर्न सकियोस् । तर रुसी फेडरल टिभी च्यानल र न्यूज एजेन्सीले उनको फितीलाई पूर्ण रुपमा नजरअन्दाज गरे ।

नाभाल्नीका समर्थकलाई पनि हिरासतमा लिइयो

एलेक्सी नाभेल्नीले आफ्ना समर्थकलाई आइतबार वनुकोवो एयरपोर्टमा आएर भेट्न अपिल गरेका थिए । नाभेल्नीलाई रुस आउँदा उनको सुरक्षाका लागि पनि चिन्ता थियो ।

russia HGXLfcKCFa

नाभेल्नीलाई रुसमा पुटिनका लागि चुनौतीको रुपमा हेरिन्छ । नाभेल्नीलाई विष दिएको आरोपमा रुसका अधिकारी प्रमाण दिन माग गरिरहन्छन् । डिसेम्बरमा पुटिनले भनेका थिए कि नाभेल्नी केही पनि होइनन् । उनले भनेका थिए, ‘रुसी सुरक्षाबलले यदि उनलाई जिउँदो देख्न चाहँदैन भने यस्तो गर्नु कुनै मुश्किल छैन ।’

नाभेल्नीलाई विष दिइएपछि रुसको सडकमा कुनै विरोध भएको थिएन । उनी हमलाको लामो समयसम्म पनि विदेशमा रहे त्यसैले पनि रुसमा यसको खासै असर देखिएन । यद्यपि, नाभेल्नीले सधैं फिर्ता हुने कुरा गरिरहन्थे जबकि उनलाई थाहा थियो कि उनको ज्यानलाई खतरा छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७