म्यानचेस्टर युनाईटेड र लिभरपुलकाे खेल गोलरहित बराबरी


५ माघ २०७७, सोमबार
116557516 shaw salah pa

काठमाडौं, ५ माघ । इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यान्चेस्टर युनाईटेडले साविक विजेता लिभरपुलसँग बराबरी खेलेको छ । लिभरपुलको मैदानमा गएराति भएको खेल गोलरहित बराबरीमा सकिएको हो ।

कठिन खेलबाट १–१ अंक बाँडेपछि म्यान्चेस्टर युनाईटेडले तालिकाको शीर्ष स्थानमा आफ्नो पकड बनाइराख्यो । लिभरपुल भने यो बराबरीपछि चौथो स्थानमा झरेको छ । १८ खेलबाट म्यान्चेस्टर युनाईटेडको ३७ अंक भएको छ भने लिभरपुलको ३४ अंक छ । १७ खेलबाट ३५ अंक जोडेको म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लिंदा समान ३५ अंक जोडेको लेष्टर सिटी गोल अंकको आधारमा तेस्रो स्थानमा झरेको छ ।

म्यान्चेस्टर सिटीले गए राति क्रिष्टल प्यालेसमाथि ४–० को जित निकाल्यो । खेलमा म्यान सिटीका लागि जोन स्टोन्सले दुई गोल गर्दा इके गुन्डोगान र राहिम स्टर्लिङले एक एक गोल गरे । गए राति नै भएको अर्को खेलमा टोटनह्याम हट्सपरले शेफिल्ड युनाईटेडलाई ३–१ ले हरायो । टोटनह्यामको जितमा सर्जी औरिएर, ह्यारी केन र दोम्बेलेको एक–एक गोल सामेल थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७