निर्वाचनको मुखमा अप्रिय निर्णय नलिन आयोगको आग्रह


२४ आश्विन २०७४, मंगलवार
nirbachan aayoga

काभ्रे: प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी मंसिरमा हुने निर्वाचनलाई अप्रिय हुने कुनै निर्णय नगर्न सरकारसँग आग्रह गरेका छन्।

मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निnirbachan aayogaर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि सञ्चालित निर्वाचन सञ्चालन र व्यवस्थापनसम्बन्धी दुईदिवसीय तालिमको आज काठमाडौं उद्घाटन गर्दै उनले आयोग निर्वाचनको व्यवस्थापन तथा तयारी जोडतोडका साथ अघि बढिसकेको हुँदा निर्वाचनलाई अप्रिय हुने खाले निर्णय नलिन आग्रह गरेका हुन्।

डा यादवले भने, ‘निर्वाचनको मिति जति नजिकिँदै आइरहेको छ, राजनीतिले हामीलाई त्यति नै अप्ठेरो महसुस गराइरहेको छ, के–कसो हुन्छ भन्ने अवस्था रहेको छ, निर्वाचनको मुखमा आएर अप्रिय किसिमको निर्णय भएमा आयोगलाई अप्ठेरो हुन्छ।’

उनले कानून, नियम र निर्देशिकालाई अन्तिम रुप दिइसकिएकाले कहीँ कतैबाट पनि निर्वाचनमा कुनै किसिमको व्यवधान नआओस् भने।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकै पटक दुई चरणमा गर्ने काम निकै कठिन र चुनौतीपूर्ण रहेपनि त्यसलाई स्वीकारेर आयोग अघि बढिरहेको बताउँदै डा यादवले जसरी भएपनि निर्वाचन जितेर माथि पुग्ने र त्यसपछि मतदातालाई बेवास्ता गर्ने प्रवृत्ति नदेखाउन राजनीतिक दल र उम्मेदवारलाई सल्लाह दिए।

निर्वाचनमा खटिने कर्मचारीले राजनीतिक आस्थाका आधारमा कसैप्रति आग्रह वा पूर्वाग्रही नभई निर्भिक, स्वच्छ र स्वतन्त्र भएर काम गर्न निर्देशन दिँदै डा यादवले कार्यसम्पादन गर्दा निर्वाचनको मूल्य र मान्यतालाई जुनसुकै अवस्थामा आँच आउन नदिनेतर्फ हेक्का राख्न सुझाव दिए।

सो अवसरमा निर्वाचन आयुक्त सुधीरकुमार शाहले इतिहासले दिएको निर्वाचनको जिम्मेवारीलाई तोकिएकै समयमा पूरा गर्न आयोग दृढ रहेको बताए। उनले भने, ‘निर्वाचनमा खटिने सबैको कार्यसम्पादन उत्कृष्ट होस्, वैकल्पिक व्यवस्था गर्नुपर्ने अवस्था नआओस्, निर्वाचनलाई सफल तुल्याउने गरी दृढ इच्छाशक्तिसहित काम गर्नुस् । समन्वय र सहमति कायम गरेर काम गर्नुस्।’

निर्वाचन आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्यालले पुनःनिर्वाचन गर्ने अवस्था सिर्जना नगर्न तथा समस्याको समाधान स्थानीय तहमै गर्न सुझाव दिए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७