जुम्लामा तालिका नै सार्वजनिक गरेर लोडसेडिङ


५ माघ २०७७, सोमबार
130539470 1089393331502130 5429491171617278973 n

जुम्ला, ५ माघ । सरकारले नेपाल लोडसेडिङ ‘इतिहास’ बनिसकेको बताइरहेका बेला नेपाल विद्युत प्राधिकरण जुम्लाले भने लोडसेडिङको तालिका नै सार्वजनिक गरेको छ ।

जुम्लाका विभिन्न ठाउँमा दैनिक विजुली जाने जानकारी गराउँदै तालिका सार्वजनिक गरिएको छ । प्राधिकरणको तालिका अनुसार जुम्लाका विभिन्न ठाउँमा हरेक दिन ३ पटक बत्ती जाने उल्लेख गरिएको छ ।

सार्वजनिक तालिकाअनुसार दैनिक बिहान २ बजेदेखि ५ बजेसम्म, ८ बजेदेखि १० बजेसम्म र ४ बजेदेखि ६ बजेसम्म बत्ती कटौती हुनेछ । टुँडिखेल, बाहिनी, महतगाउँ, मिचा, गैरागाउँ र हस्पिटल क्षेत्रमा दिउँसो १२ बजेदेखि दिउँसो साढे १२ बजेसम्म र राति साढे नौ बजेदेखि मध्यरात १२ बजेसम्म लोडसेडिङ हुने प्राधिकरणको सूचनामा उल्लेख छ ।

load

यसैगरी विजयनगर ठूलो, विजयनगर सानो, बोहरागाउँ र बसपार्क क्षेत्रमा मध्याह्न साढे १२ बजेदेखि राति साढे ९ बजेसम्म लोडसेडिङ हुने सूचना प्राधिकरण जुम्लाले निकालेको छ ।
जुम्लामा मात्र होइन संघीय राजधानी काठमाडौंमा समेत अहिले विद्युत नियमित हुन नसकेको छैन ।

विद्युत पटक–पटक अवरुद्ध हुने क्रम बढेपछि काठमाडौं उपत्यकाबासीको दिनचर्यामै वाधा पर्न थालेको छ । तर, विद्युत प्राधिकरणले भने देशभर कहिं लोडसेडिङ नगरिने बताउँदै विद्युत जाने समस्या प्राविधिक समस्या मात्र भएको बताउँदै आएको छ ।

काठमाडौं उपत्यकामा पटक–पटक विद्युत अवरुद्ध भएको नागरिकको गुनासो बढेपछि सरकारले तत्काल समस्याको दीर्घकालीन समाधान खोज्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन समेत दिइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७