साढे ६ करोड रुपैयाँ राजश्व छली अभियोगमा सुलभ ट्रेडका प्रमुखविरुद्ध मुद्दा दायर


५ माघ २०७७, सोमबार
rajaswa

काठमाडौं, ५ माघ । नक्कली भ्याट बिल प्रयोग गरी राजश्व छली गर्ने बारा विश्रामपुरको सुलभ ट्रेड कन्सर्नका प्रमुख अमिरी ठाकुरविरुद्ध राजश्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ ।

ठाकुरविरुद्ध ६ करोड ५२ लाख १३ हजार रुपैयाँ बिगो दाबी गरेर उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

उनले सुलभ ट्रेड कन्सर्नमार्फत वस्तु तथा सेवा खरिद नै नगरि झुट्टा तथा नक्कली बिक्री बीजक बनाएर २०६८ सालदेखि २०७५ सालसम्म राजश्व छलेको विभागले जनाएको छ । अमिरी ठाकुरले दुई करोड १५ लाख ८८ हजार भ्याट र चार करोड ३६ लाख २५ हजार रुपैयाँ आयकर छलेको विभागले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७