संविधान जोगाउन कांग्रेसले आन्दोलनको नेतृत्व लिनुपर्छ : डा. बाबुराम भट्टराई


५ माघ २०७७, सोमबार
baburam bhattarai

काठमाडौं, ५ माघ । समाजवादी पार्टी नेपालका नेता डा. बाबुराम भट्टराईले संविधान जोगाउन नेपाली कांग्रेसले आन्दोलनको नेतृत्व लिनु पर्ने बताएका छन् ।

आन्दोलन वा निर्वाचन भन्नेमा कांग्रेस नअलमलियोस् भन्दै उनले प्रमुख प्रतिपक्षी दल भएका कारण संविधान जोगाउन आन्दोलनको नेतृत्व लिनु कांग्रेसको दायित्व हुने बताए । उनले निर्वाचन नभई संसद पुनर्स्थापना भए पनि कांग्रेसले नै नेतृत्वको अवसर पाउने समेत बताए ।

काठमाडौंमा गणेशमान सिंह तथा शहीद स्मृति शान्ति प्रतिष्ठानले गरेको कार्यक्रममा भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले नवफाँसीवादको अभ्यास गरिरहेको आक्षेप पनि लगाए ।
उनले ओली वामपन्थीको खोल ओढेर चरम सामन्तवादतर्फ लागेको आरोप लगाए ।

प्रधानमन्त्री ओलीले राज्यका सबै अंगलाई धम्क्याइरहेको र अदालत समेत परीक्षाको घडीमा रहेको नेता भट्टराईको भनाइ थियो । एक महिनाअघि पुस ५ मा प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि मुलुक राजनीतिक रुपमा विभाजित भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७