पूर्व मुख्य सचिव रेग्मी बेलायती राजदूत नियुक्त


प्रकाशित मिति : January 18, 2021

काठमाडौं, ५ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यका लागि नेपाली राजदूतमा पूर्व मुख्य सचिव लोकदर्शन रेग्मीलाई नियुक्त गरेकी छिन् ।

नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्का सिफारिशमा उनलाई नेपालका लागि आवासीय बेलायती राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमा जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्